ताप्लेजुङमा आगलागी २ लाख ७८ हजारको क्षति

ताप्लेजुङमा आगलागी २ लाख ७८ हजारको क्षति

ताप्लेजुङ, मंसिर २७, ताप्लेजुङको ताप्लेजुङ याङवरक गाउँपालिका ५ बस्ने पदम लाल तिम्सिनाको फुसको छानो भएको एक तले घरमा मंगलबार बेलुका आगलागी भएको छ।

बेलुका सवा ५ बजे अचानक भएको आगलागीबाट तिम्सिनाको एक तले घर, घर भित्र रहेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा, गाईगोठ र मतान घर जलेर नष्ट हुँदा अन्दाजी २ लाख ७८ हजार मुल्य बराबरको क्षति भएको छ।

आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी चौकी थुम्बेदिनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्