मेरिल्याण्ड कलेज बिराटनगरमा “एस्पायर २०१७” इभेन्ट हुने

<span class='c1'>मेरिल्याण्ड कलेज बिराटनगरमा “एस्पायर</span> <span class='c2'>२०१७” इभेन्ट हुने</span>

बिराटनगर मङ्सिर २७ , बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा "एस्पायर २०१७" इभेन्ट हुने भएको छ । यहि पुस ३ गते देखि पुस ९ गते सम्म कलेजका बिद्यार्थीका लागि ६ वटा बिभिन्न म्यानेजमेन्ट इभेन्ट हुने भएको हो ।

एस्पायर २०१७" अन्तर्गत बिजनेस हसल , ब्रान्ड स्न्याप , बिज-बज , मास्टर इन फेलियर , आइडियाज टु दि वर्ल्ड र क्रिश्मस डे हुन लागेको कलेजले जनाएको छ ।

कार्यक्रममा बिद्यार्थीहरुले म्यानेजमेन्ट कुइज , बिज्ञापन उत्पादन ,नयाँ उद्यमी बन्न बिभिन्न प्लान लगायतका प्रस्तुतिहरु दिनुपर्ने छ । बिद्यार्थीले सिद्धान्तिक रुपमा पढेको कुरालाई  व्यवहारमा उतार्न सिकुन भन्ने उदेश्य सहित उक्त कार्यक्रम हुन लागेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए । उक्त कार्यक्रम गराउने सम्पूर्ण जिम्मेवारी बिद्यार्थीलाई नै दिइएको उनले बताए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं . मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्