समानुपातिक मतमा इलाममा नेकपा (एमाले) पहिलो स्थानमा

समानुपातिक मतमा इलाममा नेकपा (एमाले) पहिलो स्थानमा

इलाम, मंसिर  २७ गते ।  समानुपातिक मतमा इलाममा नेकपा (एमाले) पहिलो स्थानमा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी दुवैतर्फ एमालेले बढी मत पाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा १० हजार ९१३ मतगणना भइसक्दा एमालेले पाँच हजार ४५४ मत, नेपाली काँग्रेसले दुई हजार ९५८ मत र नेकपा (माओवादी केन्द्र)ले ७४१ मत पाएको छ ।

प्रदेशसभा—२ (क) मा एमालेले एक हजार ८५६ मत, काँग्रेसले एक हजार २१२ मत र माओवादी केन्द्रले २०५ मत पाएका छन् । संघीय समाजवादी फोरम नेपालको ३३०, राप्रपा (गाई) को १९३, र कुखुराको भाले चिन्हमा १६५ छ । अन्य दलको ५० भन्दा नै तल मत आएको छ भने केही दलले एकै मत पनि प्राप्त गरेका छैनन् ।

त्यसैगरी, प्रदेशसभा २ (ख) मा एमालेले तीन हजार २६९ मत, काँग्रेसले एक हजार ५१८ मत र माओवादी केन्द्रले ५८६ मत पाएको निर्वाचन अधिकृत फणीन्द्र भट्टराईले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा १० हजार २१२ मत गणना भइसक्दा एमालेले चार हजार ८१९ मत, काँग्रेसले तीन हजार ४८१ र माओवादी केन्द्रले ६५३ मत प्राप्त गरेको छ ।

प्रदेशसभा २ (क) मा एमालेले दुई हजार २८१ मत, काँग्रेसले एक हजार ९६३ र माओवादी केन्द्रले २८६ मत प्राप्त गरेको छ ।

प्रदेशसभा २ (ख) मा एमालेले दुई हजार १६३ मत, काँग्रेसले एक हजार ३१६ र माओवादी केन्द्रले ५२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत जगदिश्वर भट्टराईले जानकारी दिनुभयो । भोलि बेलुकीसम्ममा सबै क्षेत्रको मतगणना सम्पन्न गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाममा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारवटा निर्वाचन क्षेत्रमा वाम गठबन्धनले सबै स्थान जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्