क्याम्पसको क्यान्टिनमा आगलागी, १२ लाखको क्षति

क्याम्पसको क्यान्टिनमा आगलागी, १२ लाखको क्षति

झापाको मेचीनगर नगरपालिका ६ स्थित काँकरभिट्टा क्याम्पसको क्यान्टिनमा आज बिहान ग्याँस लिक भई आगलागी हुँदा अन्दाजी १२ लाख बराबरको क्षति भएको छ।

आज बिहान पौने छ बजे क्याम्पसको चौकीदार मेची नगरपालिका ६ बस्ने नारायण बिष्टले संचालन गरेको उक्त क्यान्टिना आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो।

आगलागीबाट क्यान्टिनमा रहेको लत्ताकपडा, अन्नपात, भाडा-बर्तन, सुन चाँदी र नगद ३८ हजार समेत जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।आगलागी नेपाल प्रहरी सशस्त्र प्रहरी दमकल र स्थानीयको सहयोगमा बिहान साढे ६ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्