९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक पक्राउ

<span class='c1'>९६ हजार नक्कली भारतीय नोटसहित</span> <span class='c2'>एक भारतीय नागरिक पक्राउ</span>

सुरुङ्गा, झापा (रासस) ।  ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक  झापामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् । उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्