झापामा पनि मत बदर धेरै

झापामा पनि मत बदर धेरै

भद्रपुर, रासस । मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा समानुपातिकमा ७५ हजार ९८६ मत खसेकामा पाँच हजार ५०३ मत बदर , निर्वाचन क्षेत्र नं २ मा ८४ हजार ६४९ मत खसेकामा पाँच हजार १९मत बदर, निर्वाचन क्षेत्र नं ३ मा ८३ हजार ९३ मत खसेकामा आठ हजार १२५मत बदर, निर्वाचन क्षेत्र नं ४ मा ७७ हजार २१५ मत खसेकामा छ हजार १२५मत बदर र निर्वाचन क्षेत्र नं ५ मा ९६ हजार मत खसेकामा छ हजार ४८० मत बदर भएको थियो ।

त्यस्तै प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ को ‘क’ मा समानुपातिकतर्फ ४५ हजार ३५८ मत खसेकामा चार हजार ५५५ र ‘ख’मा ३० हजार ६२८ मत खसेकामा तीन हजार ३३२ मत बदर , निर्वाचन क्षेत्र नं २ को ‘क’ मा ३६ हजार ६३६ मत खसेकामा तीन हजार १७४ र ‘ख’ मा ४८ हजार १३ मत खसेकामा चार हजार ५७५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका कर्मचारी प्रेम न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्