प्राथमिक उपचारबारे ६ दिने नि:शुल्क तालिम अभियान सन्चालन

प्राथमिक उपचारबारे ६ दिने नि:शुल्क तालिम अभियान सन्चालन

रङ्गेलीमा धरानको बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब अफ धरान घोपा , बिराटनगर लेडिज सर्कल ५ र बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ लगायतका संस्थाहरुको अगुवाइमा हिजोदेखि विभिन्न स्थानमा ६ दिने प्राथमिक उपचार तालिम अभियान संचालन हुदैछ । आज दोस्रो दिनको कार्यक्रममा भानु मेमोरियल स्कुल र श्री पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का २२० जना विद्यार्थीहरु र १२ जना शिक्षकहरु सहभागी रहेको जानकारी रोटर्याक्ट क्लब अफ धरान घोपाका प्रवक्ता रोटर्याक्टर शुभम कुमार अग्रवालले गराए। यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुमा निकै चेतना अभिवृद्धि भएको विद्यार्थीहरुकै प्रतिक्रिया थियो । विद्यालयबाट उत्साहजनक प्रतिक्रिया आए पछि विभिन्न स्थानमा अझै ४ दिन सम्म सो अभियान संचालन गरिने बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ का अध्यक्ष डा. बिमल अग्रवाल र बिराटनगर लेडिज सर्कल ५ की अध्यक्ष डा. कोपिला अग्रवालले बताए । " प्राथमिक उपचार पद्धति सिक्न सबै जुटौ, कोही नछुटौ " भन्ने नाराकासाथ ६ दिने प्राथमिक उपचार तालिम अभियान हिजोदेखि सुरु भएको हो ।

धरानको बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा एम. बि. बि. एस. तेस्रो बर्षमा अध्यनरत रोटर्याक्टर शुभम कुमार अग्रवालले प्राथमिक उपचार तालिम दिएका थिए । उनका अनुसार प्राथमिक उपचारबारे तालिमले दुर्घटनामा मृत्युु हुनेको संख्या न्युनिकरणमा निकै ठुलो सहयोग गर्नेछ। यस बाहेक जिल्लाभर सचेतना कार्यक्रम , र्याली लगायतका कार्यक्रमहरु आयोजना गर्न लागिएको हो । सो कार्यक्रममा पानीमा डुबिरहेको , कुकुरको टोकाइ , सर्प टोकाइ , हाथ खुट्टा भाचिएका , नाकबाट रगत बगिरहेको , बिसाधी सेवन , ब्लिडिन्ग आदिजस्ता अवस्थाहरुमा कसरी प्राथमिक उपचार गर्ने र ज्यान कसरी बचाउन सकिन्छ भन्ने तालिम विद्यार्थीहरुलाई दिएको जानकारी डा. अस्मिता रानाले गराइन् । बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानबाट रङ्गेलीमा विभिन्न स्वास्थ सम्बन्धित शोधकार्यकालागि आएका एम. बि. बि. एस. तेस्रो बर्षका विद्यार्थीहरुले आफ्नो ब्यस्तताका बावजुद यस्तो नि: शुल्क सचेतना तालिम प्रदान गरिरहेकोमा आफूहरु निकै खुशी भएको प्रतिष्ठानका शिक्षक तथा प्राध्यापक डा. दिपक कुमार यादव , डा. रामबिलक्षन साह , डा. राजेन्द्र कार्की र डा. कमलेश यादव बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्