सुन्दर-हरैँचामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ५ घाईते

सुन्दर-हरैँचामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ५ घाईते

मोरङ, मंसिर २९ , सुन्दर-हरैँचा नगरपालिका ७ मा गएराती बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालक सहिर ५ जना घाईते भएका छन्।पूर्व पश्चिम राजमार्गमा इलामबाट बिरामी बोकेर धरान आउँदै गरे मे १ च १२९५ नम्बरको एम्बुलेन्स आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो।

गएराती सवा १ बजे भएको दुर्घटनामा एम्बुलेन्सका चालक इलाम नगरपालिका-६ बस्ने ३० बर्षिय सुनिल राई (गम्भीर) त्यस्तै एम्बुलेन्समा सोही ठाउँका २१ बर्षिय शिशिर शेर्मा लिम्बु, ३४ बर्षिया प्रमिला कार्की, ३० बर्षिया रमिला लिम्बु र ३६ बर्षिय नेपाल खड्का सामान्य घाईते भएका छन्।

घाईते उनीहरुलाई उपचारकालागी धरानस्थित घोपा क्याम्पमा पठाईएको प्रहरी चौकी गछीयाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्