आगलागीबाट खोटाङमा साढे १६ लाख बराबरको क्षति

आगलागीबाट खोटाङमा साढे १६ लाख बराबरको क्षति

खोटाङ, मंसिर २९ गते। खोटाङको तुवाचुङ नगरपालिका ८ स्थित धितुङमा बिहीबार आगलागी भएको छ।अपरान्ह ४ बजे भएको उक्त आगलागीबाट सोही ठाउँ बस्ने मित्रमान राईको घरमा कोही नभएको अबस्थामा आगलागी भएको थियो।

आगलागीबाट राईको खरको छाना भएको तिन तले घर र घर भित्र रहेको सम्पुर्ण समान, त्यस्तै एक तले मतानमा समेत आगलागि हुदा १४ वटा चौपाया जलेर नष्ट हुँदा अन्दाजी १६ लाख ४८ हजार मुल्य बराबरको क्षति भएको छ।

उक्त आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरी चौकी धितुङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्