माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फेरि डेरा सरे

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फेरि डेरा सरे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फेरि डेरा सरेका छन् । व्यवसायी शारदा अधिकारीको ललितपुर खुमलटारस्थित घरमा उनी लाजिम्पाटबाट सरेका हुन् ।शान्ति प्रक्रियामा आइसकेपछि उनी तेस्रोपटक डेरा सरेका हुन् । नयाँ बजारबाट उनी केहीवर्ष पहिले लाजिम्पाट सरेका थिए । व्यवसायी अधिकारीको निवास भएको बताइएपनि केहीवर्ष अघि नै प्रचण्डले उक्त घर किनेको चर्चा थियो ।

अधिकारी नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रहेका व्यक्तिसमेत हुन् । छोरा प्रकाश दाहालको निधनपछि सीता दाहालले लाजिम्पाट निवासमा नबस्न दबाब दिएपछि दाहाल परिवार शुक्रबार नै खुमलटार सरेको स्रोतले जानकारी दियो ।

पहिले पनि उनै अधिकारीले नै दाहालको निवासको हेरचाह गर्ने गरेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्