दाङमा साढे ८१ हजार बढी मत बदर

दाङमा साढे ८१ हजार बढी मत बदर

दाङ । दाङमा मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दाङमा साढे ८१ हजार बढी मत बदर भएको छ । प्रत्यक्ष र समानुपातिकमा गरि ८१ हजार ७ सय ६५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।प्रत्यक्ष तर्फको प्रतिनीधि र प्रदेशसभामा २५ हजार ६ सय ८५ र समानुपातिक तर्फ ५६ हजार ७१ गरि ८१ हजार ७ सय ५६ मत बदर भएको हो । दाङमा प्रत्यक्ष र समानुपातिक तर्फ २ लाख २९ हजार २ सय ८७ मत खसेको थियो ।

जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ २ लाख १५ हजार ५ सय ७१ मत सदर र १३ हजार ७ सय १६ मत बदर भएको थियो । प्रदेससभा तर्फ २ लाख १७ हजार ३ सय ११ मत सदर र ११ हजार ९ सय ६९ मत बदर भएको निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए ।

यस्तै समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि २ लाख २९ हजार ४ सय ५२ मत खसेकोमा २१ हजार ९ सय ९८ मत बदर भएको छ । त्यसैगरी, प्रदेससभा सदस्यको समानुपातिक तर्फ २ लाख २९ हजार ४ सय ५२ मत खसेकोमा ३४ हजार ७३ मत बदर भएको छ ।

मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनुलाई प्रमुख कारण मानिएको छ । ढिलो गरि मतदाता शिक्षा गाउँमा पुग्नु, प्रभाबकारी सिकाई नहुनु, मतदाताहरु धान भित्राउनेमा व्यस्त हुनु र सबै सरोकारवालाहरुले पनि सचेतना जगाउन नसक्नुले बढी मत बदर भएको अनुमान गरिएको छ ।

मत बदर भएको पत्रलाई हेर्दा ७५ प्रतिशत मत एक भन्दा धेरै चुनाव चिन्हमा संकेत गरिएको पाईएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

एउटै मतपत्रका धेरै चुनाव चिन्हमा छाप लगाएको, औठा छाप लगाएको, फरक फरक मतपेटिकामा मतपत्र खसाएको र केहीमा नो भोट भनेर लेखिएको समेत फेला परेको छ ।रावलले मतदाता शिक्षा प्रभाबकारी नहुदा मत बदर धेरै भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्