समानुपातिकतर्फ कुन पार्टीको कति मत ? हेर्नुहोस रिपोर्ट

<span class='c1'>समानुपातिकतर्फ कुन पार्टीको कति</span> <span class='c2'>मत ? हेर्नुहोस रिपोर्ट</span>

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ धेरै मत ल्याउने १० वटा दलले प्राप्त गरेको मत सार्वजनिक गर्दै आएको छ ।

अहिलेसम्म प्राप्त मतअनुसार नेकपा एमाले करिब ५० हजार मतले अघि छ । एमालेले अहिलेसम्म ३१ लाख ६१ हजार २९५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले पनि उसकै हाराहारीमा मत प्राप्त गरेको छ । कांग्रेसको ३१ लाख ११ हजार ६४३ मत रहेको छ ।

नेकपा माओवादी केन्द्रको १२ लाख ९५ हजार ९०३ मत रहेको छ । राजपा नेपालले ४ लाख ७० हजार ४८६ मत प्राप्त गरेको छ भने संघीय समाजवादी फोरम नेपालले ४ लाख ६९ हजार ४६१ मत प्राप्त गरेको छ ।

विवकेशील साझाले २ लाख १२ हजार २९३ मत प्राप्त गरेको छ भने राप्रपाले १ लाख ९६ हजार १९० मत प्राप्त गरेको छ ।

राप्रपा प्रजातान्त्रिकले ८८ हजार २८० मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले ८१ हजार ४४६ मत प्राप्त गरेको छ । राजमोले ६२ हजार १२३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसबाहेक अन्य सबै साना दलको मत ३ लाख ५४ हजार ४९८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्