विवेकशील साझा पार्टी ३ नम्बर प्रदेशमा चौथो, सिट पाउने

<span class='c1'>विवेकशील साझा पार्टी ३ नम्बर</span> <span class='c2'>प्रदेशमा चौथो, सिट पाउने</span>

प्रत्यक्षतर्फ एक स्थान पनि जित्न नसकेको र समानुपातिकमा पनि अपेक्षाकृत मत परिणाम हासिल गर्न नसकेको विवेकशील साझा पार्टी ३ नम्बर प्रदेशमा भने चौथो भएको छ ।
प्रदेशसभाको १.५ प्रतिशत थ्रेसहोल्ड कटाएकाले विवेकशील साझाले ३ नम्बर प्रदेशमा सिट पाउने भएको हो । आयोगले अद्यावधिक गरेको पछिल्लो जानकारीअनुसार ३ नम्बर प्रदेशमा एमालेले ६ लाख ७७ हजार ३१७ मत प्राप्त गरेको छ ।

त्यस्तै, कांग्रेसले ५ लाख ५९ हजार २४९ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ३ लाख १६ हजार ८७६ मत र विवेकशील साझाले १ लाख २४ हजार ४४२ मत हासिल गरेका छन् ।

प्रत्यक्षतर्फ पनि एमालेकै अग्रता छ । कुल ६४ सिटमध्ये एमालेले ४२, कांग्रेसले ७ र माओवादी केन्द्रले १५ सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ मत गणना सकिए पनि सिट बाँडफाँड गर्न अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्