समानुपातिकतर्फको मतपरिणाम : प्रदेश नम्बर १ मा नेकपा एमाले पहिलो

समानुपातिकतर्फको मतपरिणाम : प्रदेश नम्बर १ मा नेकपा एमाले पहिलो

समानुपातिकतर्फको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । १४ वटा जिल्ला रहेको प्रदेश नम्बर १ मा नेकपा एमाले पहिलो बनेको छ ।  प्रदेश १ मा एमालेले ६ लाख ६३ हजार २५१ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले ५ लाख ७२ हजार ७९९ मत ल्याएको छ । माओवादी केन्द्रले १ लाख ९८ हजार ७५० मत र संघीय समाजवादी फोरमले ७० हजार २३३ मत प्राप्त गरेका छन् ।

यो प्रदेशमा प्रत्यक्षतर्फ पनि एमालेकै अग्रता थियो । कुल ५६ सिटमध्ये एमालेले ३६ सिटमा विजय हासिल गरेको थियो भने दोस्रोमा रहेको माओवादी केन्द्रले १० र तेस्रो कांग्रेसले ८ सिटमा विजय हासिल गरेको थियो । १ नम्बरमा संघीय समाजवादी फोरमले १ सिट र स्वतन्त्रले १ सिट जितेका थिए । समानुपातिकतर्फ मतगणना सकिए पनि सिट बाँडफाँड गर्न अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्