इपिएलमा आज बिराटनगर वारियर्सले ललितपुर प्याट्रियट्स बिरुद्द खेल्ने

<span class='c1'>इपिएलमा आज बिराटनगर वारियर्सले</span> <span class='c2'>ललितपुर प्याट्रियट्स बिरुद्द खेल्ने</span>

बिराटनगर पुस ४ , एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज मंगलबार २ खेल हुँदैछन् । हिजो भएको उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सले शानदार जित हात पारेको थियो । ललितपुरले काठमाडौँ किंग्स ११ लाई ७ विकेटले पराजित गरेको थियो । आज पारस खड्काको कप्तानीमा रहेको बिराटनगर वारियर्सले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स बिरुद्द खेल्नेछ। आजको पहिलो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजसँग विहान ९ बजेदेखि प्रतिस्पर्धा गर्दैछ । बिराटनगरले भने दिउसो ललितपुर प्याट्रियट्स बिरुद्द खेल्नेछ ।

बिराटनगर वारियर्सले बिदेशी खेलाडीहरुमा हंगकंगका बर्तमान रास्ट्रीय खेलाडीहरु बाबर हयात र अन्स्युमन रथलाई राखेको छ  । कप्तान तथा मार्की खेलाडी पारस खड्का रहेको टिममा आकाश  बिस्ट, रामनरेश गिरि, अविनाश कर्ण, करन केसी, प्रनित थापा मगर, सुमित महर्जन, बसन्त रेग्मी,  अनिल शाह, असिफ शेख, पुस्प थापा रहेका छन् ।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्। इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्