सस्तो सामान बेच्ने आश्वासन दिएर करोडौं ठगेर एक ब्यापारी भागे

<span class='c1'>सस्तो सामान बेच्ने आश्वासन दिएर</span> <span class='c2'>करोडौं ठगेर एक ब्यापारी भागे</span>

पोखरा । पोखरामा सस्तो सामान बेच्ने एक ब्यापारी करोडौं ठगेर भागेका छन् । सस्तो सामान बेच्ने आश्वासन दिएर स्थानीयसँग अग्रिम रकम असुलेका भारतीय ब्यापारी भागेका हुन् । पोखराको सृजनाचोक स्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय नागरिक राजेन्द्र थेङवेलले सयौं स्थानीयसँग रकम संकलन गरी सम्पर्क विहिन भएपछि उपभोक्ता ठगिएका हुन् ।

अक्सिजन ट्रेडर्सको नामबाट थेङवेले केहि समय अघि जनतासंग विश्वास जित्न ईलेक्टिक, फर्निचर लगायतका सामानहरु बजार मुल्य भन्दा करिब ३५ प्रतिशत सस्तो गरेर दिएका थिए । तर शुक्रबारदेखि भने उनी सम्पर्कमा छैनन् । पोखरा ७ कि सगुन बरालले एक लाख भन्दा बढि रुपैयाँ बुझाएर सामान अर्डर गरेको बताइन् ।

अधिकाशं व्यक्तिहरुलाई पुस ३ गते (आज) सामान लिन बोलाएका थिए । तर पसलमा ताला लगाईएको छ । अग्रिम रकम बुझाउनेलाई प्यान नम्बर र मोवाईल नम्बर सहित विल दिएपनि उक्त प्यान विलमा भने अर्कैको नाम देखिन्छ । ट्रेडर्सका सम्बन्धित व्यक्तिको मोवाईल स्विच अफ गरिएको छ ।

ब्यापारी भागेपछि उपभोक्ताहरु विहानैदेखि पसल वरीपरी घेरेर बसेका छन् । केहि दिन पहिले ठगी गरेको उजुरी गरेपछि प्रहरीले ति ब्यापारीलाई पक्राउ गरेको थियो । प्रक्रिया अनुसार नै पसल सञ्चालन गरेको भन्दै केही दिनपछि उनी थुनामुक्त भए । उपभोक्ता र अन्य ब्यवसायीले ठगी गरेको र गैर कानुनी हिसावमा ब्यवसाय चलाएको आरोप लगाउँदै कर कार्यालयमा समेत उजुरी हालेका थिए । तर अहिलेसम्म कुनै कानुनी कदम नचालेपछि ब्यापारी भागेका हुन् ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्