चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून

चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून

उदयपुर, रासस । तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामासमेत केही दिन यतादेखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनथालेको छ ।
अचानक चिसो र शीतलहर बढ्न थालेपछि जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, चौदण्डी नगपालिका क्षेत्रको हँडिया तथा सुन्दरपुर र त्रियुगा नगरपालिकाको जोगीदह क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनथालेको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।

अचानक चिसो बढेर बिहान १० बजेसम्म पनि हुस्सुका कारण गाउँघर अन्धकार र चिसो बन्न थालेपछि विद्यालय आउने अधिकांश तल्ला कक्षाका साना विद्यार्थी विद्यालय आउन छाडेको जनता उच्चमावि हँडियाका शिक्षक बाबुलाल चौधरीले बताए ।
यस्तै बिहानभरी पनि शीतलहर र चिसो बढिरहेकाले तल्ला तहका कक्षामा विद्यार्थीको उपस्थिति निकै कम भएको तपेश्वरी आम्बासीका शिक्षिका सुमित्रा पोखरेल बताउँछिन् ।
विगतका वर्षको तुलनामा यस पटक छिटै (पुस महिना शुरु भएसँगै) चिसो र शीतलहर ह्वात्तै बढ्न थालेका कारण पनि विद्यार्थीलगायत अन्य वृद्धवृद्धामा शीतलहरले असर पारेकोे त्रियुगा नगरपालिका– १ जोगिदहका नारायण ढकालको भनाइ छ ।

गत वर्षमा पुसको मध्यदेखि मात्र जिल्लामा चिसो बढे पनि यस पटक पुस महिना शुरु हुनासाथ शीतलहर शुरु भएको जिल्लावासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्