उदयपुरमा तास खेल्ने २० जना पक्राउ 

उदयपुरमा तास खेल्ने २० जना पक्राउ 

उदयपुर,पौष ६। उदयपुरको त्रियुगा नगरपालिका-६ बाट प्रहरीले बुधबार तास खेल्ने २० जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले स्थानिय प्रेम बहादुर मगरको घरमा तास खेलिरहेको अबस्थामा ७ जनालाई नगद ४७ हजार ३ सय ९५ र तास सहित पक्राउ गरेको हो भने सोही ठाउँका पुल्कीत चौघरीको घरमा तास खेलिरहेको अबस्था नगद १२ हजार २ सय ५० सहित १३ जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई दिउँसो ३ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखीएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्