मादक पदार्थ सेवन गरि साइकल चलाउदा लडेर मृत्यु

मादक पदार्थ सेवन गरि साइकल चलाउदा लडेर मृत्यु

दाङ । साईकलबाट लडेर एकजनाको मृत्यु भएको छ। दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी ३५ वर्षीय विस्राम चौधरीको साइकलबाट लडेर मृत्यु भएको हो ।

घोराही – १६ स्थित नालीमा साईकलसहित खसेर गम्भीर घाइते चौधरीलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्।

मादक पदार्थ सेवन गरेका चौधरी बुधबार राति साढे ९ बजेतिर साईकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । चौधरीले अत्यधिक मादक पदार्थ सेवन गरि साईकल चलाएको हुँदा दुर्घटनामा परेको जानकारी प्रहरीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्