धरानबाट तास खेल्ने १० जना पक्राउ 

धरानबाट तास खेल्ने १० जना पक्राउ 

सुनसरी, पौष ७ गते। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले विहीबार सुनसरीको धरान-१६ स्थित सोहन थापाको घरबाट तास खेल्ने १० जनालाई पक्राउ गरेको छ।

प्रहरीले तासको खालबाट ४८ हजार ७ सय ३० रुपैया नेपाली ९ सय भारतीय रुपैयाँ र ६ बुङ तास समेत बरामद गरेको छ।

उनीहरुलाई दिउँसो ३ बजेतिर चेकजाँज गर्ने क्रममा थापाको घरको तेर्सो तलाबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखीएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्