विराटनगरमा लागेको जुत्ता चप्पल मेलामा ग्राहक भीड बढ्दो

<span class='c1'>विराटनगरमा लागेको जुत्ता चप्पल</span> <span class='c2'>मेलामा ग्राहक भीड बढ्दो</span>

प्रेम देवान विराटनगर ८ पौष । नेपाली जुत्ता, चप्पलको प्रर्वद्धन गर्ने उद्देश्यका साथ विराटनगरमा गत बुधबारदेखि सुरु भएको जुत्ता चप्पल मेला सुरु भए संँगै ग्राहकहरुको भिड बढ्न थालेको छ ।

नेपाली जुत्ता घरका पुर्व अध्यक्ष रामकृष्ण प्रसाईले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका निमित्त हामी सबैले स्वदेशी उत्पादनलाई नै माया गर्दै ‘मेलामा विभिन्न ५ वटा ब्राण्डका नेपाली जुत्ता चप्पल मेलामा पाईने बताए । मेलामा ५ वटा ब्राण्डका ७० वटा स्टल रहेको नेपाली जुत्ता चप्पल घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । नेपाली बजारमा ख्यातीप्राप्त शिखर सुज, हाइलाइफ, बि.एफ.डियर हिल, क्रसरोड, शुल्याण्ड , टमटेलर प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु मेलामा राखिएको छ ।

मेलामा विराटनगरका मात्र नभई विराटनगर बाहिर धरान ईटहरी र पुर्वी मोरङ देखि आउने गरेको मेला आयोजकले जनाएको छ । मेलामा स्पोर्टस देखि क्याजुयल, पार्टी अफिसियल, कलेज÷ स्कुल र लेडीज तथा सबैमा उपलब्ध रहेको छ । ग्राहकहरुलाई सहज र कम मुल्यमा खरिद गर्नका लागी प्रत्यके जुत्तामा ७० रूपैयाँ देखि ७५ प्रतिशत छुट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्