प्रहरी र म्यादी प्रहरीबीच  झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु

<span class='c1'>प्रहरी र म्यादी प्रहरीबीच  झडप हुँदा</span> <span class='c2'>एक जना म्यादी प्रहरीको मृत्यु</span>

कालीकोट (रासस) । प्रहरी र म्यादी प्रहरीबीच  झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबेरअघि मात्र मृत्यु भएको छ ।

प्रहरीले म्यादी प्रहरीको तलब यसअघि रु २४ हजार भुक्तानी भइसकिएको र अब रु  ३४ हजार २५० दिइने भने पनि चित्त नबुझेकाले विरोध जनाएर ज्ञापनपत्र बुझाउन आउँदा म्यादी प्रहरीमाथि लठ्ठी प्रहार भएको थियो ।  अहिले कालीकोटको अवस्था तनावग्रस्त  छ ।

जिल्लामा शैक्षिक मेला भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास र गोली प्रहार गर्दा करिब १० बालबालिका हराइरहेको बताइएको छ । प्रहरीले माथिको आदेशभन्दा पनि मनोमानी तरिकाले गोली चलाएको आरोप म्यादी प्रहरीले  लगाएका छन् ।  प्रहरीले भने आफूले अश्रुग्यास मात्र हानेको तर गोली नचलाएको जिकिर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्