विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु

<span class='c1'>विद्युत् महशुल नबुझाउने सेवाग्राहीको</span> <span class='c2'>विद्युत् लाइन काट्न शुरु</span>

लहान (रासस) । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता  रहेका २२०  ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो । बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको  प वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता नबुझाउने तीन फेजका २२० ग्राहकको विद्युत् लाइन काटिने छ । ग्राहकबाट विद्युत् महशुलबापत  रु तीन करोडभन्दा बढी बक्यौता रहेको केन्द्रले जनाएको छ ।  प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्