यात्रुवाहक बस दुर्घटना हुँदा वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु

यात्रुवाहक बस दुर्घटना हुँदा वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु

पोखरा (रासस) । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा छ जना  यात्रु घाइते भएकामा स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्