बिराटनगर पुस ९ . एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित मेलाको आयोजना गरिरहेको छ । देशका बिभिन्न भागमा उक्त मेला आयोजना गरिदै आएको छ । बिराटनगरमा भने पुस १५ गते उक्त मेला आयोजना गरिनेछ ।
बिराटनगरको हाटखोला मैदानमा उक्त मेला आयोजना हुने छ । मेलामा कुनै प्रवेश शुल्क राखिएको छैन । मेलाको मुख्य आकर्षणहरुमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित गेम स्टलहरु लगायत किडस् जोन र फुड स्टलहरु राखिने छन् ।
पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।