विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर ब्राउनसुगर सहित पक्राउ

विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर ब्राउनसुगर सहित पक्राउ

धरान स्थीत विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डक्टरहरु ब्राउनसुगर सहित पक्राउ परेका छन् । डाक्टर क्षितीज श्रेष्ठ ब्राउन सुगर खरिद गर्दै गर्दा २ पोका बराउन सुगरसहित रङ्गेहात पक्राउ परका छन् ।

डा. श्रेष्ठलाई बराउन सुगर विक्री गर्ने प्रतिष्ठानका ४ नम्बर मेस सञ्चालक दिनेश श्रेष्ठ र उज्जवल हल्वाईलाई पनि सेक्युरेटी गार्डको सहयोगमा प्रहरीले प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

डा. श्रेष्ठ काठमाडौं घर भई हाल धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्र्टन गर्दै थिए । प्रहरीले प्रतिष्ठानको होस्टल स्थीत डाक्टरको कोठाबाटै बराउन सुगरको कारोवार हुँदै गर्दा पक्राउ गरेको जनाएको छ ।

यस अघि पनि प्रतिष्ठानको होस्टलबाट लागु औषध सहित पटक पटक विद्यार्थी पक्राउ पर्ने गरेका थिए ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्