झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

झापा, पौष १० गते। झापाको मेचीनगर नगरपालिका-१० नेम्बाङ पेट्रोल पम्प नजिकै आइतबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गमा काँकरभिट्टाबाट धरानतर्फ आउँदै गरेको को १ ख २२०३ नम्बरको बसले बाटो क्रस गर्न लागेको मे ६ प ६५८ नम्बरको मोटरसाइकललाई दिउँसो २;४० बजे ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार झापा मेचीनगर नगरपालिका-४ बस्ने ३२ बर्षिय ऋतु प्रधानको ज्यान गएको छ। गम्भिर घाइते उनको विएनसी अस्पताल विर्तामोडमा अपरान्ह ३ बजे मृत्यु भएको हो। साथै मोटरसाइकल चालक उनकै श्रीमान ४२ बर्षिय नवराज प्रधान र छोरा ६ बर्षिय ईसान प्रधान घाइते भएका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कर्यालय धुलाबारीले जनाएको छ। बसका चालक प्रहरीको नियन्त्रणमा छन्।

यता मोरङको उर्लाबारी नगरपालिका-८ स्थित दुर्गापुरि चोकमा शनिबार दक्षिणबाट उतरतर्फ आउदै गरेको को ३१ प २३० नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आउदै गरेको को १ ह २७६६ नम्बरको सिटी सफारी आपसमा ठोक्किदा मोटरसाइकलमा सवार घाइते भएका सुनसरी रामधुनी-५ बस्ने २२ बर्षिय महेश भट्टराईको बुबा ५८ बर्षिय बालकृष्ण भट्टराईको समेत उपचारको क्रममा मृत्यु भएको छ। गम्भिर घाइते उनको बिएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको प्रहरी चौकी राजघाटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्