दूधकोशीबाट पानी तान्ने खोटाङका सांसदको योजना

दूधकोशीबाट पानी तान्ने खोटाङका सांसदको योजना

काठमाडौं, रासस । खोटाङबाट नवनिर्वाचित सांसदले राजनीतिक विषय समाप्त भइसकेकाले अब आफूहरु खोटाङको विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले आफ्नो जिल्ला भौगोलिक रुपमा विकट तथा पूर्वाधारमा पछाडि परेकाले त्यसको विकासका लागि आपूmहरु निरन्तर लाग्ने बताए ।
दूधकोशी नदीबाट पानी तानेर माथि पुर्याउने, तापखोलाको किनारैकिनार हुँदै जयरामघाटसम्म बाटो निर्माण गर्ने, केपी–प्रचण्ड लोकमार्ग र प्रचण्ड लोकमार्ग निर्माण गर्ने तथा १५ शय्याको अस्पताल निर्माण गर्ने आदि योजना सांसदका छन् । प्रदेश सभा क का सांसद राजन राईले आफ्नो प्रदेशसभाको विधिविधान निर्माण र विकास निर्माण नै प्रमुख कार्यसूची हुने बताउँदै हलेसी पर्यटकीय क्षेत्रको विकास गर्नेतर्फ आफूहरु केन्द्रित हुने जानकारी दिए ।

प्रदेशसभा ख का सभासद् रामकुमार पासाङले संविधानमा मुलुक समाजवादउन्मुख भनेर स्पष्ट व्यवस्था गरिएकाले आफूहरु संविधानअनुसार आर्थिक क्रान्तितिर लाग्ने बताए ।
नवनिर्वाचित सभासद्ले दूधकोशी नदीबाट पानी तानेर माथि पुर्याउने, तापखोलाको किनारैकिनार हुँदै जयरामघाटसम्म बाटो निर्माण गर्ने, केपी–प्रचण्ड लोकमार्ग र प्रचण्ड लोकमार्ग निर्माण गर्ने तथा १५ शय्याको अस्पताल निर्माण गर्ने योजना पनि अघि सारे ।

त्यस्तै मध्यपहाडी राजमार्गलाई चार लेन बनाउने तथा सकभर खोटाङलाई राजधानी बनाउनुपर्ने आफ्नो माग भए पनि सहमतिका लागि धनकुटालाई राजधानी बनाउन आफूहरु सकारात्मक भएको उनीहरुको भनाइ थियो ।

नेपालका विकट जिल्लामध्येमा पर्ने खोटाङमा प्रसिद्ध हलेसी महादेव छ । जिल्लाबाट वर्षेनी एक अर्ब बराबरको अलैँची निर्यात हुन्छ । लामीडाँडामा पानी नपुगेका कारण त्यहाँका ५०० घरधुरीमध्ये ३०० घरधुरी पानीकै कारण बसाइँ सर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्