तेह्रथुममा ढाका बुन्नका लागि साझा सुविधा केन्द्र

तेह्रथुममा ढाका बुन्नका लागि साझा सुविधा केन्द्र

तेह्रथुम, पुस ११। तेह्रथुमको म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ ।केन्द्रको स्थापनाले ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण आफैँ तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलालाई सहज भएको छ ।

गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग तथा देउराली सोसाइटी तेह्रथुमको सहजीकरणमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्र स्थापनाका लागि रु आठ लाख छ हजार १०० खर्च भएको म्याङलुङ ढाका उत्पादक समूहका अध्यक्ष सचित्रा लिम्बूले बताउनुभयो ।

हालै यहाँका दशजना महिलालाई उद्यमी बन्न प्रेरित गर्दै ढाका बुनाई तालीमसमेत प्रदान गरिएको छ । उद्यमीका बीचमा ढाका कपडा उत्पादन, बजारीकरण, सीप र प्रविधि विकास तथा पुस्तान्तरणका विषयका लागिसमेत छलफल हुन थालेको छ ।जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका १६५ जनालाई ढाका बुनाईसम्बन्धी तालीम प्रदान गरी उद्यमी बनाइएको कार्यक्रम संयोजक प्रेमराज लिम्बूले बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्