बिराटनगर पुस १२ । बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा पूर्वाञ्चलमा पहिलो पटक ब्रिटिस म्यानेजमेन्ट फेस्ट आयोजना गरिएको छ ।
कलेजमा ५ दिन चलेको “एस्पयर २०१७” पछि सोमबार उक्त कार्यक्रम सम्पन्न भएको थियो । “एस्पायर २०१७” अन्तर्गत बिजनेस हसल , ब्रान्ड स्न्याप , बीज-बज , मास्टर इन फेलियर , आइडियाज टु दि वर्ल्ड कार्यक्रम सम्पन्न भएको थियो । सोमबार सम्पन्न ब्रिटिस म्यानेजमेन्ट फेस्टमा विद्यार्थीहरूले विभिन्न स्टलहरु राखेका थिए जसलाई ब्रिटिस कल्चर अनुसार सझाइएको थियो । स्टलमा विद्यार्थीहरूले विभिन्न खानेकुरा , गेम्स , ब्रिटिस मक्टेल , जुताको स्टल , स्नो वर्ल्ड , फेसन लगायतका स्टल समावेश गरिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले बताए । साथै उनले पुर्वान्चलमा पहिलो पटक ब्रिट्स म्यानेजमेन्ट फेस्ट आयोजना गरिएको जानकारी दिए ।इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौँ , हेराल्ड कलेज काठमाडौँ, मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।