उदयपुरमा सुन्तला बोकेको बलेरो दुर्घटनामा एक जनाको मृत्यु

<span class='c1'>उदयपुरमा सुन्तला बोकेको बलेरो</span> <span class='c2'>दुर्घटनामा एक जनाको मृत्यु</span>

उदयपुर, पौष १२ गते।उदयपुरको रौतामाई गाउँपालिका-४ जितेनि पाखा भन्ने ठाउँमा मंगलबार सुन्तला बोकेको बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन्।

दिउँसो २;१५ बजेतिर उदयपुरको सल्लेबाट सुन्तला बोकेर गाईघटतर्फ आउदै गरेको स १ च १२२८ नम्बरको बोलेरो अनियन्त्रित भई सडक भन्दा ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनमा गाडीमा सवार उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने अन्दाजी ५५ बर्षिय कमल मगरको घटनास्थलमै मृत्यु भएको छ।

उदयपुर रौतामाई गाउँपालिका-४ बस्ने ३५ बर्षिय रत्न राई, सोही ठाउँका ४० बर्षिय भक्त बहादुर सार्की र ४० बर्षिय निर्मला राई घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरेहको प्रहरी चौकी साउनेले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्