आगलागी पिडितलाई उपमेयर पराजुलीको सहयोग

<span class='c1'>आगलागी पिडितलाई उपमेयर</span> <span class='c2'>पराजुलीको सहयोग</span>

बेलबारी । मोरङको बेलबारी ४ मा सोमबार भएको आगलागीका पिडितलाई भेटेर बेलबारी नगरपाकिलाकी उपमेयर ढाकाकुमारी पराजुलीले तत्काल राहत सामाग्री हस्तान्तरण गरेकी छिन ।
स्थानीय मनोज राईको घरमा सोमबार दिउँसो आगलागी हुँदा १० लाख मुल्य बराबरको क्षति भएको थियो । आगलागीपछि पिडितलाई भेटन पुगेकी पराजुलीले
दुई बोरा चामल,दाल,नुन,तेल, सिरक डसना र म्याट बितरण गरेकी छिन । आगलागीबाट सबै सम्पत्ति खरानी भएपछि उपमेयर पराजुलीले सो सामाग्री हस्तान्तरण गरेको बताईन ।
घर निर्माणका लागी उठाईएको पिलरमा टाँटीको छाप्रो लगाएर फुसको छानो लगाई अस्थाई रुपमा बसोबास गर्दे आएका राईको घरमा दिउँसो १.४५ बजे आगो लागको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । घर निर्माण सामाग्री,गरगहना,अन्नपात लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी सहायक निरिक्षक महेन्द्र पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्