बिराटनगरको वर्ड विन्ग्सको भिडियोले कटायो डेढ लाख भियुज

बिराटनगरको वर्ड विन्ग्सको भिडियोले कटायो डेढ लाख भियुज

बिराटनगरको ओबी मिडिया प्रालि र वर्ड विन्ग्सको संयुक्त प्रयास अन्तर्गतको सुरु गरिएको "ओपन स्टेज" अन्तर्गतको सिजन १ को चर्चा पुर्वमा मात्रै नभई भारतमा पनि सुरु भएको छ । स्लाम कविता , स्पीच , ड्रमा लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले अहिले युवाहरुमा निकै चर्चा कमाएको अवस्था छ । कार्यक्रमको छोटो समयमा नै उक्त कार्यक्रमको मेगा जजुको “मर्दको भी दर्द होता हे ” भन्ने भिडियोले अहिले डेढ लाख भियुज पाइसकेको अवस्था छ । उक्त भिडियो नेपाल लगायत भारतमा पनि धेरैले हेरेको जानकारी आयोजकले दिएका छन् । बिराटनगरको युवाहरुको प्रयासमा सुरु गरिएको यस कार्यक्रमको युटुब च्यानलमा साढे ४ हजार सब्स्क्राइबर भइसकेको छ ।

हिन्दि र अंग्रेजी भाषामा रेकर्ड गराइएको उक्त भिडियो अहिले भारतमा राम्रो भियु भइरहेको छ । उक्त कार्यक्रम हेर्न युटुबमा "वर्ड विन्ग्स" च्यानलमा जानुपर्ने छ । “वर्ड विन्ग्स” मा हाल ४ वटा भिडियो पोस्ट भइसकेको छ ।

https://www.youtube.com/watch?v=JkArqz1va58&list=PLh2m8y-4yg2pIPLYjsZ13vZGlpeJe_Bom

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्