मोरङमा जिल्लामा ४ बर्षिया बालिका देखि ६७ बर्षिया वृद्धा सम्म बलाकृत भएको घटना सार्वजनिक

<span class='c1'>मोरङमा जिल्लामा ४ बर्षिया बालिका देखि ६७</span> <span class='c2'>बर्षिया वृद्धा सम्म बलाकृत भएको घटना सार्वजनिक</span>

प्रेम देवान , विराटनगर १२ पुष । मोरङमा जिल्लामा एक वर्षमा चार बर्षिया बालिका देखि ६७ बर्षिया वृद्धा सम्म बलाकृत भएको घटना सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पूर्वाञ्चलद्धारा आज विराटनगरमा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक पूर्व समीक्षा कार्यक्रममा सन् २०१७ को जनवरीदेखि २०१७ डिसेम्वरसम्मको अन्तरालमा बलात्कारका मात्र ५६ वटा घटना भएका छन् ।

वलात्कारका उक्त घटनामा चार वर्षीया वालिकादेखि ६७ वर्षीया महिला पीडित भएको ईन्सेकले जनाएको छ । यस्तै बलात्कारको प्रयासमा २१ घटनामा आठ वालिका सहित १३ महिला पीडित भएको इन्सेकले जनाएको छ ।

इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार सोही अवधिमा भएका अन्य घटनामा हत्याका ४, कुटपिट ३, अमानविय कार्य २, लघरेलु हिंसा २१, वहुविवाह १३, मानवबेचविखन २, हत्या १ र दुव्र्यवहारका १ गरी जम्मा १२४ वटा घटनामा १३० जना पीडित भएको जनाइएको छ। मोरङको उत्तरी तथा दक्षिण क्षेत्रमा जनचेतनाको कमी, अशिक्षाको कमीले
उक्त घटना घटना हुन पुगेको कार्यक्रममा सहभागीहरुले वताएका छन् ।

बलात्कारको घटनामा वालवालिका र वृद्ध पीडितहुनु र यस्ता कतिपय घटनामा
घरपरिवारका सदस्यनै सहभागी हुनु चिन्ताको विषय भएको उहाँहरुले वताउनु
भयो । सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोग पूर्वान्चलक निर्देशक मन्जु
खतिवडाले जिल्लामा हुने यस्ता घटना नियन्त्रणमा सामाजिक सघसंघस्थाको सहयोग
आवश्यक रहेको छ भन्दै सम्वृद्ध समाजको निर्माण गर्ने कार्यमा आयोग सदैव
तत्पर रहेको छ भन्नु भयो ।

इन्सेकका पूर्वान्चल संयोजक सोमराज थापाले राज्यले यस्ता घटना नियन्त्रण गर्न गंभिर रुपले लिनु पर्ने कार्यक्रममा जोड दिनु भयो । कार्यक्रममा मोरङ जिल्लामा कार्यरत विभिन्न मानवअधिकार संघसंघका प्रतिनिधि, महिला तथा वालविकास कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुले संचारकर्मीहरुले घटना सार्वजनिक गरी वालवाविवाह नियन्त्रण, जेष्ठ नागरिक हिंसा रोकथाम,महिला हिंसा एवंम सामाजिक सुरक्षा ,बतात्कारका घटना नियन्त्रणमा ठूलो भूमिका हुने बताएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्