विराटनगरको सगरमाथा स्कुलमा सांस्कृतिक कार्यक्रम सम्पन्न

विराटनगरको सगरमाथा स्कुलमा सांस्कृतिक कार्यक्रम सम्पन्न

विराटनगर, १२ पुस । विराटनगर–१२ मा रहेको सगरमाथा सेकेन्डरी स्कूलले विविद्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । आज बुधबार स्कुलको सभाहलमा आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा ४ र कक्षा ५ का सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी दिए । मनोरञ्जनात्मक कार्यक्रममा कविता वाचन, नृत्य, गित , चुट्कीला, फेशन सो, हास्य वार्ता र नाटकलगायतका कार्यक्रम गरी उपस्थीत अतिथी,शिक्षक तथा अभिभावकलाई विद्यार्थीहरुले मनोरञ्जन दिएका थिए भने विद्यार्थीका अभिभावकले पनी कार्यक्रममा नृत्य गरी कार्यक्रमको सोभा बढाएको प्रिन्सिपल  अधिकारी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्