काठमाडौं । लिरिल फ्रेस सिजन ४ को उपाधि हिसिला महर्जनले जितेकी छन् । “लिरिल फ्रेश फेस”को चौथो संस्करण मंगलबार राति समाप्त भएको थियो । ७ सय भन्दा बढी इन्ट्रीबाट छानिएर हरेक टाष्क र एपिशोडमा उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट ३ मध्ये सर्वोत्कृष्ट भएर हिसिला महर्जन लिरिल फ्रेश फेस सिजन ४ को विजेताको उपाधिका साथ नगद पुरस्कार रु. १ लाख र हिरो डुएट स्कूटर जित्न सफल भएकी छिन् ।
फ्याशन फोटोग्राफर, किशोर कायस्थ, कलाकार एवं फ्याशन कोरियोग्राफर, प्रशान्त ताम्रकार र पूर्व मिस नेपाल माल्बिका सुब्बासहितका निर्णायकहरुले लिरिल फ्रेश फेस सिजन ४ को गरिमालाई नै बढाएको बताइएको छ ।
७ सातामा ७ एपिशोड प्रशारण गरिएको लिरिल फ्रेस फेसको हरेक एपिशोडहरु मनोरञ्जनपूर्ण रहेका थिए ।