तास खेलिरहेका भन्सारका सुब्बासहित १५ जना पक्राउ परे

तास खेलिरहेका भन्सारका सुब्बासहित १५ जना पक्राउ परे

रसुवा, पुष १३, रसुवाको टिमुरेमा सञ्चालित होटल तथा मेसमा तास खेलिरहेका भन्सारका सुब्बासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्सारका सुब्बा, व्यापारी तथा सवारी चालक रहेका छन् । तास खेलिरहेको सुराकीको आधारमा होटलबाट ८ जना र मेसबाट ७ जनालाई प्रक्राउ गरेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

पक्राउ परेकालाई प्रहरी चौकीमा नै राखिएको छ । उनीहरुबाट २१ हजार नगद समेत बरामद भएको छ । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्