झापा भद्रपुरमा बोरिङ जडानले सिँचाइ गर्न सहज

<span class='c1'>झापा भद्रपुरमा बोरिङ जडानले</span> <span class='c2'>सिँचाइ गर्न सहज</span>

भद्रपुर, पुस १२ गते । सिँचाइमा सरकारले चार करोड ५० लाख लागत लगाउन सकेमा शत्प्रतिशत सिँचाइ सुविधा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानी सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले जनाएको छ ।

करिब एक हजार हेक्टर जग्गामा सुपर जोन (धान) परियोजना लागू भएपछि धान खेतीकै लागि बाह्रैमास चाहिने सिँचाइ सुविधाको परियोजना क्षेत्रमा अभाव देखिएको छ । अहिले किसानले आफ्नो निजी लगानीमा खेतमा पम्प बोरिङ जडान गरी सिँचाइ गरिरहेका छन् ।

गत वर्ष सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरद्वारा परियोजना लागू भएको क्षेत्र पथरियामा सौर्य ऊर्जाबाट सञ्चालित बोरिङ जडान गरेपछि उक्त क्षेत्रमा अहिले सौर्य ऊर्जा बोरिङको माग बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन (धान) परियोजना बनियानीका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताउनुभयो ।

किसानको मागअनुसार परियोजनाले कचनकवल गाउँपालिका–४ स्थित फरकगाछीमा रु पाँच लाख लागतमा सुपर जोनको ८५ प्रतिशत अनुदानमा सौर्य ऊर्जा बोरिङ जडान गरेको हो । थप बोरिङ केचना, पकलीभिट्टा र बनियानीमा जडान गर्ने तिमल्सेनाले बताउनुभयो ।

पछिल्लो समयमा जडान गरिएको सौर्य ऊर्जाको बोरिङ घाम नलागेको समयमा बिजुलीबाट समेत सञ्चालन गर्न सकिने भएकाले कृषकले बढी फाइदा लिन सक्ने तिमल्सेना बताउनुहुन्छ । एउटा बोरिङबाट १० बिगाहाभन्दा बढी जमिनमा सिँचाइ गर्न सकिन्छ ।

हरित कृषक समूह कचनकवलका सचिव पञ्चानन्द राजवंशी सिँचाइको सुविधा नभएको अवस्थामा सौर्य ऊर्जाको बोरिङबाट सिँचाइ गर्न सहज भएको बताउनुहुन्छ ।

सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारी सुपर जोन (धान) क्षेत्रमा १५० वटा सौर्य ऊर्जा बोरिङ जडान गर्न सके सिँचाइको समस्या समाधान हुने बताउनुहुन्छ । एक हजार ५०० बिगाहामा सुपर जोन कार्यक्रम लागू भएको छ ।

परियोजना लागू भएको क्षेत्रमा अहिले किसानले चैते धान वा गर्मा धानका लागि बीउ राखिरहेका छन् । परियोजनाले खेतको माटो सुधार गर्न र हरियो मलका लागि प्रति बिगाहा रु सात हजार प्रोत्साहन अनुदान समेत किसानलाई उपलब्ध गराउँदै आएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्