ओली-दाहाल भेटवार्ता : पार्टी एकताको प्रक्रिया सुरु भएको ठहर

<span class='c1'>ओली-दाहाल भेटवार्ता : पार्टी एकताको</span> <span class='c2'>प्रक्रिया सुरु भएको ठहर</span>

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

चितवनबाट काठमाडौं फर्केपछि माओवादी अध्यक्ष दाहाल ओली निवास बालकोट पुगेका थिए । दुई अध्यक्षबीच डेढ घण्टा चलेको छलफलमा पार्टी एकता, सरकार गठन र राष्ट्रिसभा अध्यादेश लगायतका बिषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनु भयो ।दुई अध्यक्षबीचको छलफलमा राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउन एकता संयोजन समितिको बैठक बिहीबार बोलाउने समझदारी भएको बताइएको छ । पार्टी एकताको विषयमा चलेका हल्लाका बिषयमा समेत दुई अध्यक्षबीच छलफल भएको थियो ।

चितवन पुगेर माओवादी अध्यक्ष दाहालले आलोपालोको आधारमा सरकारको नेतृत्व गर्ने सहमति भएको बताएपछि एमाले माओवादी सम्बन्धमा समस्या रहेको आशंका गरिएको थियो । त्यही समय एमाले अध्यक्ष ओलीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटेपछि एमाले-माओवादी सम्बन्धमा झनै आशंक बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्