१३ पुस, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भम्के बस्ने ६४ वर्षिय रिसमी महताराले श्रीमानको हातका औंला काटी पोलेर खाएको अभियोगमा पक्राउ परेकी छिन् ।
बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटी पोलेर खाएको उजुरी परेपछि तुलसीपुर प्रहरीले उक्त महीलालाई पक्राउ गरेको हो ।
चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपुर ल्याएपछि घटना सार्वजनिक भएको हो । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि चन्द्रबहादुरलाई नेपालगञ्जतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमानलाई रिसको झोंकमा घरेलु हतियारले औंला काटि पोलेर खाएको वयान उनले प्रहरीलाई दिएकी छन् ।