बिराटनगरलाई मोतीयाबिन्दुरहित महानगर बनाउने अभियान सञ्चालन

बिराटनगरलाई मोतीयाबिन्दुरहित महानगर बनाउने अभियान सञ्चालन

रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले ३५ वर्षका अवधिमा १४ लाख ७४ हजार ८४१ जनालाई आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गरेको छ । उक्त अस्पतालको शुक्रबार आयोजित साधारणसभामा आव २०७२÷०७३ मा ६२ हजार ७३६ जनाको आँखाजाँच गरिएकामा पाँच हजार ५२६ जनाको शल्यक्रिया र आव २०७३÷०७४ मा ६७ हजार ४४१ जनाको आँखाजाँच गरिएकामा छ हजार ७५ जनाको शल्यक्रिया गरिएको जानकारी दिइएको छ ।

महानगरपालिकाका उपप्रमुख कार्कीले महानगरपालिकाले मोतीयाबिन्दुरहित महानगर बनाउने अभियान सञ्चालन गरिसकेको जानकारी दिनुभयो । सभामा अस्पतालका अध्यक्ष लोकमान गोल्छाले अस्पतालले पु¥याएको सेवा सुविधाका बारेमा जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्