ईपीएल क्रिकेट फाइनल : विराटनगर वारियर्सद्वारा १५० रनको लक्ष्य प्रस्तुत

<span class='c1'>ईपीएल क्रिकेट फाइनल : विराटनगर</span> <span class='c2'>वारियर्सद्वारा १५० रनको लक्ष्य प्रस्तुत</span>

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४९ रन बनायो । विराटनगरका लागि ओपनर अंशुमन रथले ४१ तथा कप्तान पारस खड्काले २७ रन जोडे । त्यस्तै अनिल कुमार साहले २२, प्रनित थापा मगरले १४ तथा बाबर हायातले ११ रन बनाए । भैरहवाका हरीशंकर साह र कृष्ण कार्कीले समान २ – २ विकेट लिए ।

इपिएल क्रिकेटमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर अपराजित रहदै फाइनलमा पुगेको हो । यता, शरद भेषवाकरको टोली भैरहवाले दुई खेलमा पराजय बेहोरे पनि फाइनलमा पुगेको थियो ।

भैरहवा एक लिग खेल र पहिलो क्वालिफायर्स गरी दुवै खेलमा विराटनगरसँग पराजित भएको थियो । तर, दोस्रो क्वालिफायर्समा जित निकाल्दै भैरहवाले फाइनलमा पुग्दै विराटनगरसँगको भेट पक्का गरेको थियो ।

विराटनगरले पहिलो क्वालिफायर्समा भैरहवालाई ८ विकेटले हराएर फाइनल सुरक्षित गरेको थियो । त्यसअघि लिग चरणको खेलमा विराटनगरले भैरहवालाई ३५ रनले हराएको थियो । पहिलो क्वालिफायर्समा विराटनगरसँग पराजित भए पनि भैरहवाले दोस्रो क्वालिफायर्समा ललितपुर प्याट्रिएट्सलाई ३ विकेटले हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

इपिएल क्रिकेटको विजेताले २१ लाख पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्