ट्युसन पढेर फर्कदैं गरेको बालकको ट्रकको ठक्करबाट मृत्यु

<span class='c1'>ट्युसन पढेर फर्कदैं गरेको बालकको</span> <span class='c2'>ट्रकको  ठक्करबाट मृत्यु</span>

सर्लाही । सर्लाहीमा स्कुलबाट ट्युसन पढेर फर्कदैं गरेको बालकलाई ट्रकले ठक्कर दिंदा बालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लखन्देही पुलमा उालाई ट्रकले ठक्कर ठक्कर दिएको थियो ।

पुलको पूर्वी सीमाना नवलपुर तर्फ ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–४ सासापुरका धु्रवराज न्यौपानेका १३ वर्षीय छोरा आयुष न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

नवलपुरमा टिउसन पढेर साइकलमा घर फर्किदै गर्दा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ४३९ नम्वरको ट्रकले ठक्कर दिँदा बालक गम्भीर घाईते भएका थिए ।

उनलाई तत्कालै नमूना अस्पताल हरिवनमा सामान्य उपचारगरि थप उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटैमा ज्यान गएको हो ।

दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्