भूकम्पपीडितका लागी आएको राहत सामग्री कुहिएपछि वितरण नै नगरी नष्ट

<span class='c1'>भूकम्पपीडितका लागी आएको राहत सामग्री</span> <span class='c2'>कुहिएपछि वितरण नै नगरी नष्ट</span>

नुवाकोट । नवाकोटका भूकम्पपीडितका लागी आएको राहत सामग्री वितरण नै नगरी नष्ट गर्नु परेको छ । २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न आएको ठूलो मात्राको राहत सामग्री पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो।

नुवाकोटका पिडितका लागी राहतका सामग्रीहरु २०७२ बैशाख र जेठ महिनामै प्राप्त भएको थियो। प्रशासन कार्यालय र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो। राहत सामग्री राखेको स्थानमै कुहिएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले एक करोड रुपैयाँ भन्दा बढीका सामग्री विदुर नगरपालिका ६ चण्डीपोखरीमा नष्ट गरेको हो।

राहत सामग्री भण्डारण गरिएको स्थान विदुरस्थित इलम प्रशिक्षण केन्द्रबाट निकालेर नष्ट गरिएको प्रशासनका नायव सुब्बा निलमकुमार भुषालले बताए। सामान प्रहरी, प्रशासन र नगरपालिको रोहबरमा सामग्री नष्ट गरिएको हो। नष्ट गरिएका सामग्री ३४ बोरा लत्ताकपडा, त्रिपाल, बिस्कुट लगायतका सामान रहेका छन्। विदेशी दाताबाट प्राप्त गुणस्तरीय टेन्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औषधिलगायत छन् ।

कुहिएका राहत सामग्री व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो। उक्त समितिले राहत सामग्री नष्ट गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्