क्षेत्रीय हुलाक कार्यालय विराटनगरका लेखापाल कुलबहादुर थापाको शव भारतमा भेटियो

क्षेत्रीय हुलाक कार्यालय विराटनगरका लेखापाल कुलबहादुर थापाको शव भारतमा भेटियो

विराटनगर पुस १५ ,  क्षेत्रीय हुलाक कार्यालय विराटनगरका लेखापाल कुलबहादुर थापाको शव भारतमा भेटिएको छ । विराटनगर–१ पोखरीया निवासी ५० वर्षीय थापाको शव भारतको सुपौल जिल्लामा भेटिएको हो । थापा गत मंसिर ९ गतेदेखि बेपत्ता थिए । विराटनगरबाट हुलाक कार्यालय उदयपुरमा काज लिएर जानेक्रममा उनी बाटैबाट बेपत्ता भएका थिए ।उनको शव भारतको रतनपुरा थानाबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने सप्तकोसी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । डुंगा चलाउने माझीले एक महिनाअघि नै थापाको शव फेलापारेपछि रतनपुरा प्रहरीलाई खबर गरेका थिए । त्यसपछि भारतीय प्रहरीले शव पोस्टमार्टम गरेर गाडेका थिए ।

तर, पछि सो शव नेपालबाट बेपत्ता भएका थापाको भएको खुलासा भएको हो । त्यसपछि मृतकका परिवारले शव जिम्मा लिएर दाहसंस्कारसमेत गरेका छन् । थापाको मृत्युको कारण भने खुल्न सकेको छैन । मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले लेखापाल थापाको शव एक महिनाअघि नै फेलापरेकोबारे भारतीय प्रहरीले आफूहरुलाई कुनै जानकारी नगराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्