विराटनगरको हाटखोलामा आयोजित एनसेल मेलामा दर्शक रमाए

<span class='c1'>विराटनगरको हाटखोलामा आयोजित एनसेल</span> <span class='c2'>मेलामा दर्शक रमाए</span>

एनसेलले विराटनगरको हाटखोलामा शनिबार एनसेल मेला २०७४ आयोजना गरेको छ । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्ने मुल उदेश्यका साथ आयोजना गरेको यो मेलामा दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए ।

विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एनसेल मेला बिहान ११ बजे शुरु भएको थियो । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित गेम स्टलहरु, जुनियर सिङगिङ्ग आइडल, किडस् जोन, फेसबुक ट्यागिङ् र फुड स्टलहरुले मेलाका विषेश बनाएको एनसेलले जनाएको छ ।

मेलामा रहेको एनसेल फोरजी जोनमा आगन्तुकहरुले दु्रतगतिको नयाँ सेवा फोरजी इन्टरनेट चलाएर टेष्ट गर्न सकिने र मेला स्थलबाट नै फोरजी सिम लिन सकिने व्यवस्था गरिएको थियो ।

मेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट ‘क्या दामी भो’, ‘पिलायो साथीले’ र ‘संगी’ लगायत गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए । कलाकार आषिश राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘हाउडे’ र ‘केस नं ४२०’ जस्ता आफ्ना प्रस्तुतीहरु राख्दै दर्शकहरुको मन जितेका थिए ।

त्यस्तै सांगितीक समुह कबवेबले अत्याधिक मन पराइएका गीतहरु ‘मार्याे नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीतहरु प्रस्तुत गर्दै र द एज व्याण्डले लोकप्रिय ‘तिम्रो लागि’ र ‘थाहा छैन’ जस्ता आ—आफ्नो प्रस्तुती मार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेका थिए ।  रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको उपस्थितीले मेलामा थप रौनकता छाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्