सप्तरीमा इँटा उद्योगमा कार्यरत भारतीय किशोरको करेन्ट लागेर मृत्यु

<span class='c1'>सप्तरीमा इँटा उद्योगमा कार्यरत भारतीय</span> <span class='c2'>किशोरको करेन्ट लागेर मृत्यु</span>

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बजरंग इँटा उद्योगमा कार्यरत एक भारतीय किशोरको करेन्ट लागेर आज मृत्यु भएको छ । भारतको बंगाल घर भएका भीष्म बर्माका १३ वर्षीय छोरा तुफानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार इँटाभट्टामा डेरा गरी बस्दै आएका उनलाई बत्ती बाल्न टाँगिएको तारमा छुँदा करेन्ट लागेको थियो ।

मृतक सुस्त मनस्थितिको रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्