सहारा नेपालद्धारा २ दिने तालिम सम्पन्न

<span class='c1'>सहारा नेपालद्धारा २</span> <span class='c2'>दिने तालिम सम्पन्न</span>

सहारा नेपाल साकोस सेवा केन्द्र बाहुनीले संस्थामा आवद्ध शेयर सदस्यलाई समेटी गाईपालन प्रविधि तालिम सञ्चालन गरेको छ । सहारा नेपालले पौष १३ र १४ गते उक्त तालिम अायाेजना गरेकाे हाे ।
कानेपोखरी गाउँपालिका वडा नं. १ होक्लावारी स्थित सञ्चालन भएको तालिममा क्षेत्रिय पशुसेवा कार्यालय विराटनगरका पशु प्राविधिक गणेश प्रसाद पौडेल ज्यूले गाईको आहार, गोठ व्यावस्थापन, लाग्ने रोग, निराकरणका उपाय र सरकारले गाईपालनको क्षेत्रमा गरीरहेको कार्यक्रमको विषयमा प्रष्ट पार्नु भएको थियो र सो कार्यक्रममा कानेपोखरी, बेलवारी र रंगेली क्षेत्रका जम्मा ३४ जना सदस्यहरुको सहभागिता रहेको, प्रत्येक सहभागीलाई निशुल्क घाँसको विउ समेत वितरण गरीएको थियो ।
कार्यक्रममा सेवा केन्द्रका प्रमुख डम्वर बहादुर प्रधानले संस्थाको वस्तु तथा सेवा लगायत थप सुविधाहरुमा जानकारी गराउनु भएको थियो । त्यसैगरी तालिम अधिकृत भरत पोखरेलले वित्तिय साक्षरता र गाईको वजार सम्वन्धी जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा इलाका सेवा केन्द्र दमकका इलाका सहायक खड्ग पौडेल, सेवा केन्द्र बाहुनीका सुपरीक्षक ज्ञानेन्द्र श्रेष्ठ, कर्मचारी कुमारी खवास, कानेपोखरी १, होक्लावारी का अध्यक्ष दिपेश कार्की लगायत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्