विराटनगरमा टेम्पो दुर्घटनामा ६ घाइते

<span class='c1'>विराटनगरमा टेम्पो दुर्घटनामा</span> <span class='c2'>६ घाइते</span>

मोरङको विराटनगर महानगरपालिका-४ स्थित पिपल चोकमा आइतबार टेम्पो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

कोशी राजमार्गमा उतरबाट दक्षिणतर्फ आउदै गरेको को १ ह ७६३ नम्बरको टेम्पो विहान १० बजे अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा टेम्पका चालक मोरङ बुढी गंगा गाउँपालिका-२ बस्ने ५० बर्षिय काले चौधरी गम्भिर घाइते भएका छन्।

उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोरङ विराटनगर महानगरपालिका-३ बस्ने ३४ बर्षिय गंगा आचार्य, सोही ठाउवकी ३८ बर्षिया दिपा भेटवाल, ३० बर्षिय स्वागत नेपाल र जिल्ला तेह्रथुम म्याङलुङ नगरपालिका-६ बस्ने २६ बर्षिय प्रभात बहादुर बिष्ट सामान्य घाइते भएका छन्। उनीहरुको लाईफ गार्ड अस्पताल विरानगरमा उपचार भइरेहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्