१२ हजार घुस लिँदालिँदै सुपरभाइजर पक्राउ परे

<span class='c1'>१२ हजार घुस लिँदालिँदै</span> <span class='c2'>सुपरभाइजर पक्राउ परे</span>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँ–नगर साझेदारी कार्यक्रमको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन पोखरा उपमहानगरपालिकाका सामाजिक परिचालक अनिला गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सामाजिक परिचालक गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको रु दुई लाख १२ हजार ५४७ रकम कार्यालयमा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ । यस्तै, आयोगले सोमबार नेपाल विद्युत् प्राधिकरण काभ्रेपलान्चोक पाँचखालका सुपरभाइजर दिनेश थापालाई रु २५ हजार घुस लिँदालिँदै कार्यालय परिसरबाटै पक्राउ गरेको छ । विद्युत् पोल विस्तारका क्रममा सेवाग्राहीसँग घुस माग्दामाग्दै सुपरभाइजर थापालाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्